Biratnagar, Morang, Nepal
देश

अविरल वर्षापछि माइतीघर डुबानमा, सवारी र पैदलयात्रीलाई सास्ती

-
अखवारका कुरा
३ साउन २०८३, आइतवार

Advertisement

काठमाडौ : आइतबार दिउँसो परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको छ ।

सडकमा पानी जम्दा साना तथा ठूला सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको थियो। पैदलयात्रीहरू पनि पानी छल्दै जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य भएका थिए।

यसैबीच, ट्राफिक प्रहरीहरु भने सडकमाथि झोलिएको विद्युत तथा सञ्चारका तार व्यवस्थापन गर्न व्यस्त देखिएका छन् । अविरल वर्षासँगै राजधानीका अन्य केही स्थानमा पनि सडकमा पानी जमेको छ। 

View : 41

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved