Biratnagar, Morang, Nepal
खेलकुद

प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको उपाधि पुष्प सदनलाई

-
अखवारका कुरा
७ असार २०८३, आइतवार

Advertisement

काठमाडौं । निसर्ग बाटिका स्कुलको आयोजनामा ’प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्प सदन सेकेन्डरी बोर्डिङ स्कुलल हात पारेको छ । 

काठमाडौँको रातोपुलस्थित निसर्ग बाटिका स्कुलमा हिजो शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुष्प सदन १२ अङ्कका साथ प्रथम हुन सफल भएको हो । 

प्रतियोगिताको अन्तिम नतिजामा राराहिल मेमोरियल स्कुल दोस्रो (रनर अप) र स्वर्णिम स्कुल तेस्रो (सेकेन्ड रनर अप) भएका छन्। 

यसका साथै, एलआरआईका सुजल माडाई १४५ अङ्कका साथ प्रतियोगिताकै सर्वाधिक अङ्क ल्याउने खेलाडी घोषित भए भने पुष्पा सदन सेकेन्डरी बोर्डिङ स्कुलका मातृका बुढाथोकी ’मोस्ट भ्यालुएबल प्लेयर’बन्न सफल भए। 

लिगमा एलआरआई चौथो, न्यु जेनित इङ्लिस मोडेल स्कुल पाँचौँ, निसर्ग बाटिका स्कुल छैटौँ, भ्याली भ्यु स्कुल सातौँ र हिल–टाउन सेकेन्डरी स्कुल आठौँ स्थानमा रहेका छन्।

आयोजक स्कुलले अनुसार विद्यार्थी खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सीप निखार्ने तथा प्रतिस्पर्धात्मक वातावरणमा वास्तविक खेलको अनुभव प्राप्त गर्ने उत्कृष्ट अवसर प्राप्त भएको विश्वास व्यक्त गरेको छ ।  

निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको मुख्य उद्देश्य नेपालको बास्केटबल क्षेत्रको भविष्यमा लगानी गर्नु तथा युवा खेलाडीहरूलाई अर्थपूर्ण अवसर प्रदान गर्दै खेललाई गम्भीर रूपमा लिने संस्कृतिको विकास गर्नु हो ।

View : 6

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved