Biratnagar, Morang, Nepal
देश

संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

-
अखवारका कुरा
२५ भदौ २०८३, बिहिवार

Advertisement

काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ । 

 

शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन् ।

 

उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा नियुक्त भएका थिए । 

 

नियुक्त तीनैजना पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन भएका हुन् । सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

 

उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved