Biratnagar, Morang, Nepal
बिमा

रोजगारी

राष्ट्रिय बीमा कम्पनीमा रोजगारी अवसर

-
अखवारका कुरा
२ जेठ २०८२, शुक्रवार

Advertisement


काठमाडौं — राष्ट्रिय बीमा कम्पनीले विभिन्न ८ पदका लागि १८ जना कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतिस्पर्धामार्फत यी पदहरूमा दरखास्त आह्वान गरेको हो।

खुला प्रतिस्पर्धामार्फत १८ जनाका लागि आवेदन खुला

कम्पनीले प्रशासन व्यवस्थापक, सह व्यवस्थापक, चार्टर्ड एकाउन्टेन्ट, नायब व्यवस्थापक, कानुन अधिकृत, सहायक व्यवस्थापक, सहायक ‘क’ र सहायक ‘ख’ गरी विभिन्न पदहरूमा दरखास्त खुला गरेको छ।

प्रशासन व्यवस्थापकमा १ जना, सह व्यवस्थापकमा १ जना, चार्टर्ड एकाउन्टेन्टमा १ जना, नायब व्यवस्थापकमा १ जना, कानुन अधिकृतमा ३ जना, सहायक व्यवस्थापकमा ५ जना, सहायक ‘क’ मा २ जना र सहायक ‘ख’ मा ५ जना गरी कुल १८ जना कर्मचारी माग गरिएको हो।

आवेदन मिति

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी जेठ २२ गतेभित्र आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने जेठ २९ गतेसम्म आवेदन दिन सकिनेछ।

विस्तृत जानकारीका लागि कम्पनीको वेबसाइट हेर्न सकिनेछ

View : 553

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved