Biratnagar, Morang, Nepal
राजनीति

स्वतन्त्र उम्मेदवार फुयाँलको घोषणापत्र सार्वजनिक, सुशासन र शिक्षा–स्वास्थ्य सुधार मुख्य एजेन्डा

-
अखवारका कुरा
६ फागुन २०८२, बुधवार

Advertisement

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ७ की स्वतन्त्र उम्मेदवार शर्मिला फुयाँलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले आफूलाई भन्दा पनि माथि मातृभूमि स्वदेशको माटोलाई शिरमा सजाउँदै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, मानविय दिगो वातावरण विकासमा निर्वाद रुपमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
घोषणापत्रमा भनिएको छ,‘म प्रण गर्छु कि म आफूलाई भन्दा पनि माथि हाम्रो मातृभूमि स्वदेशको माटोलाई शिरमा सजाउँदै समय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, मानविय दिगो वातावरण विकासमा निर्वाद रुपमा योगदान पुर्याउन कटिबद्ध हुन्छु । हाम्रो देश नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, शान्ति र सुरक्षामा खलल आउन नदिन राष्ट्रिय एकता, सद्भाव, भाइचारा र समुन्नतिको लागि गतिशील दूर्दर्शी नेतृत्व उत्तरदायित्व बहन गर्न प्रतिवद्ध छु ।’
उनले नेपाली नागरिकको आर्थिक, सामाजिक विकास र हित कल्याणको लागि देशमा विद्यमान भ्रष्टाचार, विभेद, कुरीति, बेथिती, बिसंगती, हिंसा, अत्याचार, भूराजनीति संकट, दमन र अराजकता विरुद्ध आवाज उठाई निर्मुल गर्न उच्च सचेतना, जागरुकता र सभ्यता अङ्गालेको एक नैतिकवान र जिम्मेवार मानविय संवेदनशिल, परिवर्तनशिल, गतिशील र उर्जाशिल रुपान्तरित समाज निर्माण गर्न जुनसुकै परिस्थितिमा पनि निष्ठावान विचारको राजनीति, सुशासन, मितव्ययिता र मर्यादा कायम गर्न तत्पर भई निम्न लिखित शिर्षक एजेन्डाहरुलाई प्राथमिकता दिई निरन्तर अभ्यास, गृहकार्य र कार्यसम्पादन गर्ने प्रतिबद्धताहरु व्यक्त गरिन् ।
उनले नेपाली नागरिकको आर्थिक–सामाजिक विकास र हितकल्याणका लागि देशमा विद्यमान भ्रष्टाचार, विभेद, कुरीति, बेथिति, विसंगति, हिंसा, अत्याचार, भू–राजनीतिक संकट, दमन र अराजकताविरुद्ध आवाज उठाई उन्मूलन गर्ने संकल्प व्यक्त गरेकी छन् । साथै सुशासन, मितव्ययिता र मर्यादायुक्त राजनीति कायम गर्दै नैतिक, जिम्मेवार र रूपान्तरित समाज निर्माण गर्ने लक्ष्यसहित विभिन्न एजेन्डा अघि सारेको बताएकी छन् ।
घोषणापत्रमा स्वास्थ्य, शिक्षा र स्थानीय समस्या समाधानलाई प्राथमिकता दिइएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क घुम्ती स्वास्थ्य परीक्षण सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउने तथा अस्पताल सेवामा शुल्क र गुणस्तरमा एकरूपता ल्याउने प्रस्ताव अघि सारिएको छ ।
शिक्षातर्फ ‘कामसँगै पढाइ’ प्रणाली लागू गरी युवा पलायन न्यूनीकरण गर्ने, विद्यालयमा व्यवहारिक र सीपमूलक शिक्षा अनिवार्य गर्ने तथा शिक्षक नियुक्तिमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यसैगरी शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको खानेपानी र विकास अधिकार सुनिश्चित गर्न कानुनी संशोधन पहल गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved