लायन्सको सेवा
मोरङ : मोरङको ग्रामथान गाउँपालिका–२ स्थित दुर्गा आधारभूत विद्यालयका ४४ जना विद्यार्थीलाई लायन्स क्लब अफ विराटनगर युनिकले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। ग्रामीण क्षेत्रका विद्यार्थीको अध्ययनमा सहजता र अतिरिक्त क्रियाकलापमार्फत समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले क्लबले सहयोग गरेको हो।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई कापी, पेन्सिल, पेन, कलर, चार्ट पेपरलगायतका शैक्षिक सामग्रीसँगै फुटबल, क्यारम बोर्ड, चेस, लुडो र डोरी हस्तान्तरण गरिएको थियो।
क्लबका अध्यक्ष समिर खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ सीका डिष्ट्रिक्ट गभर्नर लायन लीलाप्रसाद चिमरिया प्रमुख अतिथि थिए। कार्यक्रममा डिष्ट्रिक्ट जीएटी एरिया चिफ लायन चन्द्रप्रसाद अधिकारी, लायन डा. सुनिल रेग्मी, डिष्ट्रिक्ट टिमका पदाधिकारी, एरिया कोअर्डिनेटर, विभिन्न लायन्स क्लब तथा लियो क्लबका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता सहयोगलाई निरन्तरता दिइने बताए। विद्यालय पक्षले शैक्षिक सामग्रीसँगै खेलकुद सामग्री उपलब्ध भएपछि विद्यार्थीको सिकाइप्रतिको रुचि बढ्नुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।
View : 168
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved