विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर–५ बाट युवा खुलातर्फ मोजाहिद हक केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
विराटनगर–१७ निवासी हक विगत डेढ दशकदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन्।
विद्यार्थी तथा युवा पुस्तादेखि नै कांग्रेसको संगठनात्मक गतिविधिमा जोडिँदै आएका उनले पार्टीका विभिन्न अभियान तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
युवामाझ मिलनसार र सहयोगी व्यक्तित्वका रूपमा परिचित हकले सुख–दुःखमा युवासहित समुदायका विभिन्न वर्गलाई साथ दिँदै आएको बताइन्छ।
सामाजिक तथा सामुदायिक कार्यमा समेत सक्रिय रहँदै आएका उनको निर्विरोध चयनलाई कांग्रेसभित्रको युवा नेतृत्वप्रतिको विश्वास र जिम्मेवारीको निरन्तरताका रूपमा हेरिएको छ।
मोरङ–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि हकले आगामी दिनमा युवाका आवाज, अपेक्षा र मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
डेढ दशक लामो राजनीतिक सक्रियता र युवामाझको निरन्तर सम्बन्धका कारण हकको निर्विरोध चयनले स्थानीय कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकमा उत्साह थपिएको छ। निर्विरोध निर्वाचित हकलाई विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
View : 35
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved