काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । उनले बिहीबार हनुमान ढोका पुगेर गुरुहरुको हातबाट टिका ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका लगाएका हुन् ।
राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।
View : 90
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved