Biratnagar, Morang, Nepal
स्थानीय तह

पूर्व वडाध्यक्ष विजय कामतसहित १५० नेता-कार्यकर्ता कांग्रेस प्रवेश

१७ फागुन २०८२, आइतवार

Advertisement

विराटनगर - प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नं-६ मा चुनावी प्रतिस्पर्धामा रहेका डा. शेखर कोइरालाले विभिन्न दलका नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेस मा प्रवेश गराएका छन्।
शनिबार आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (कोशी प्रदेश) सदस्य विजय कामत कांग्रेसमा प्रवेश गरेका हुन्। कामत तत्कालीन माओवादी केन्द्रबाट विराटनगर महानगरपालिका-६ का वडाध्यक्षमा निर्वाचित भएका थिए।

त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेकपा विराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत करिब १ सय ५० जना नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएको जनाइएको छ।

प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन कांग्रेसमा आवद्धता बढिरहेको दाबी गरे। नवप्रवेशी नेताहरूले स्थानीय विकास र स्थायित्वका लागि कांग्रेस रोजेको बताएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ-६ मा दलहरूबीच संगठनलाई बलियो बनाउने  प्रतिस्पर्धा तीव्र बनेको छ।

View : 69

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved