दिँदा पनि न्याय पाउन नसकेको बताइन् । जग्गासम्बन्धी विवाद समाधानका लागि विभिन्न सरकारी कार्यालय धाउँदा पनि समस्या नसुल्झिएको उनको गुनासो थियो ।
आफ्नो पीडा सुनाउने क्रममा अधिकारी भावुक भएकी थिइन् । उनको गुनासो सुनेपछि आयोगको कोशी प्रदेश कार्यालयका प्रमुख सुवेदीले लामो समयदेखि समस्यामा परेको अधिकारी परिवारलाई न्याय दिलाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘आज एक जना महिला गहभरि आँसु पारेर रोइरहँदा मन भक्कानिएको छ,’ सुवेदीले भने, ‘अख्तियारले यस विषयलाई गम्भीर रूपमा लिएर न्यायका लागि आवश्यक पहल गर्नेछ ।’
अधिकारीले लगाएका आरोप तथा जग्गाको स्वामित्वसम्बन्धी विवादको विषयमा नापी कार्यालय जिल्ला प्रहरी कार्यालय झापा मालपोत कार्यालय भद्रपुर मेचीनगर नगरपालिकाको न्यायिक समितिमा समेत छलफल भएको थियो ।
बिर्तामोड ५ का प्रकाश उप्रेतीले बिक्री गरेको उक्त जमिन लाई बिर्तामोड ६ का रौनक गिरीको नाममा दर्ता कायम गर्न खोजिएको कागजपत्र समेत अख्तियारलाई अधिकारी परिवारले बुझाएको छ ।
उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओलीले अदुवा खोला र सतानु पैनीको नक्सामा देखिएको जग्गासमेत व्यक्तिका नाममा दर्ता कायम भएको विषयमा छानबिन गर्न माग गरे।
२०२१ सालको नक्सामा समेत पैनि र खोला देखिएको सार्वजनिक नक्साको जग्गालाइ सर्पट लागू भएको समयमा व्यक्तिका नाममा दर्ता कायम गरेको देखिएको छ भने केही व्यक्तिहरूले उक्त जमिनमा बोर्डिङ स्कुल र घर बनाएको समेत पाइएको छ ।
यस्ता किसिमका सार्वजनिक प्रकृतिका खोला तथा पैनीको जग्गा व्यक्तिका नाममा दर्ता भएको भए त्यसको वैधानिकता परीक्षण गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
छलफलमा सहन्यायाधिवक्ता रेग्मीले बिर्तामोड नयाँ बसपार्कको ५१ बिघा जग्गासम्बन्धी विषयमा आफूले समेत अदालतमा बहस गरेको स्मरण गराउँदै नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
आयोगका प्रदेश प्रमुख सुवेदीले अदुवा खोला र सतानु पैनीसम्बन्धी विषयमा गम्भीर भएर अनुसन्धान अघि बढाउने तथा अनियमितता पुष्टि भए कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष अग्नि पाण्डेले पनि जग्गा जमिन, खोला तथा पैनीसँग सम्बन्धित विवाद समाधानका लागि सरकारी निकायबीच समन्वय र प्रभावकारी अनुसन्धान आवश्यक रहेको बताए ।
बिर्तामोड क्षेत्रमा नयाँ बसपार्कको जग्गा विवाद, रङ्गशालाको जग्गामा अतिक्रमण भएको आरोप तथा खोला र पैनीको जग्गा दर्तासम्बन्धी प्रश्न उठिरहेका बेला अख्तियारसँग गरिएको छलफललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
सम्बन्धित जग्गाको अभिलेख, गुठीसम्बन्धी कागजात, धनीपुर्जा र दर्ता प्रक्रियाको निष्पक्ष छानबिनबाट विवादको वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ । छलफल कार्यक्रममा बिर्तामोड नगरका वडा अध्यक्षहरू, शाखा प्रमुखहरू तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो ।
View : 8
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved