Biratnagar, Morang, Nepal
राजनीति

स्थानीय तह हाम्रो पहिचान हो : अग्नी सापकोटा

-
अखवारका कुरा
१३ जेठ २०८३, बुधवार

Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताएका छन् ।
जनप्रतिनिधिहरुको प्रशिक्षण भेलामा जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ ।’
सापकोटाले बाँकी कार्यकालमा स्थानीय तहले गुणात्मक उपलब्धि हासिल गर्न अधिकतम प्रयास गर्नुपर्ने बताए ।
सापकोटाले सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहलाई स्थानीय तहको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए । यी तीन पक्ष एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास र समृद्धिको आधार भएको बताए ।
‘बाकी कार्यकालमा गुणात्मक हासिल गर्ने हाम्रो अधिकतम प्रयास हुनुपर्दछ । सुशासन र विकास सेवा प्रवाह स्थानीय तहको प्रमुख प्राथमिकता घुसान विकासका सेवा प्रवाह हुनु पर्दछ । यी तिनै पक्ष एका अर्का्सँग अन्तर सम्बन्धित छन् । स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास तथा संवृद्धिको आधार पनि यिनै हुन्,’ उनले भने ।
शासन प्रणालीलाई जनमैत्री, सेवामुखी, प्रभावकारी तथा परिणाममुखी बनाउन आजको आवश्यकता रहेको उनले बताए । साथै सेवा प्रवाहलाई छिटो, सरल र पहुँचयोग्य बनाउँदै भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा प्रशासनिक झन्झटलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दिशामा ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
‘शुसानलाई स्थानीय सरकार सञ्चालन मूल आधारको रूपमा स्थापित गदै शासन प्रचालीलाई जनमैत्री, सोवा मुखी, प्रभावकारी, परिणाम मुखी बनाउनु आजको अनिवार्य आवश्यकता हो,’ उनले भने, ‘सोवा प्रवाहलाई छिटो र सर पहुँच योग्य बनाउँदै भ्रष्टाचार अनियतता धिला सुस्ती र प्रशासनिक झन्झट पुर्नरुपमा नियन्त्रण बनाउने दिसा डोटा कदम चाल्नु पर्दछ ।’

View : 33

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved