Biratnagar, Morang, Nepal
स्थानीय तह

होस्टल व्यवसायी संघ मोरङको दोस्रो साधारणसभा सम्पन्न, नयाँ सात सदस्यीय कार्यसमिति चयन

-
अखवारका कुरा
१२ भदौ २०८२, शुक्रवार

Advertisement

 

होस्टल व्यवसायलाई व्यवस्थित र विद्यार्थी हितमुखी बनाउन प्रतिबद्धता जनाउँदै होस्टल व्यवसायी संघ नेपाल, मोरङ जिल्ला कार्यसमितिले आफ्नो दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ।

शनिबार विराटनगरस्थित एरागन  स्कूल एण्ड होटल म्यानेजमेन्टमा सम्पन्न अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष भीम भण्डारी प्रमुख अतिथि रहे। विशेष अतिथिमा वडा नं–१० का अध्यक्ष अर्जुन गिरी, हिकमतबहादुर थापा र अधिवक्ता हरिप्रसाद लुइटेल सहभागी थिए।

संघका अध्यक्ष सागर शर्मा फुयालको अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा सागर शर्मा फुयाल, उपाध्यक्षमा बिनी भण्डारी, सचिवमा बिबेक यादव, सह–सचिवमा दिपक श्रेष्ठ, कोषाध्यक्षमा नरेश यादव, सदस्यमा श्रीजना श्रेष्ठ र सन्तोष गजुरेल चयन भएका छन्।

त्यसैगरी अधिवेशनले युके महारानी गर्ल्स होस्टल, युमा महारानी गर्ल्स होस्टल, दरबार ब्वाइज होस्टल, ज्योति गर्ल्स होस्टल र प्रभा गर्ल्स होस्टललाई संघको नयाँ सदस्यका रूपमा स्वागत गरेको छ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले होस्टल व्यवसायलाई पारदर्शी, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन संघले ठोस पहल गर्नुपर्नेमा जोड दिए। विशेष अतिथि अर्जुन गिरीले विद्यार्थी हितलाई पहिलो प्राथमिकतामा राखेर वडास्तरबाट कानुनी तथा प्रशासनिक सहजता दिलाउने आश्वासनसमेत दिए।

कार्यक्रमको सञ्चालन संघका सचिव बिबेक यादवले गरेका थिए।

View : 369

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved