एसईई २०८१ पुरक रिजल्ट
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक (ग्रेड–वृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना मात्र उत्तीर्ण भएका छन्।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार ५९ हजार ६९३ परीक्षार्थी भने अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्। उनका अनुसार यस वर्ष पूरक परीक्षामा उत्तीर्ण हुने दर अपेक्षाकृत कम देखिएको छ।
बोर्डले नतिजा सार्वजनिकसँगै अनुत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक अवसरका लागि आवश्यक प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।
View : 384
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved