Biratnagar, Morang, Nepal
+977-9708590006
प्रदेश

कोशी प्रदेशका सभामुखद्वारा दिपावली ,छठ ,तथा नेपाल संवतको शुभकामना ब्यक्त

-
अखवारका कुरा
१४ कार्तिक २०८१, बुधवार

Advertisement

विराटनगर – कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले नेपालीहरुको महान चाड दीपावली, छठ पर्व तथा नेपाल संवत ११४५ को अवसरमा शुभकामना दिनुभएको छ ।

सभामुख विष्टले तिहारलाई फूल र बत्तीको चाडको रुपमा चित्रण गर्दै यो दाजुभाई र दिदीबहिनीबीचको माया, प्रेम र सद्भावको प्रतीक रहेको बताउनुभएको छ । उहाले यस पर्वमा धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको उपासना गरिने र यमपञ्चकको रुपमा काग, कुकुर, गाई र गोरु एवं गोवर्धन पूजासमेत गरी भाईटीकाको रुपमा मनाइने परम्पराको महत्व औंल्याउनुभएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै सभामुख विष्टले देउसी भैलो खेल्दै हर्षोल्लासका साथ मनाइने यस चाडले नेपालीबीच आपसी भाइचारा, सद्भाव र एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्त्यमा उहाले नेपालको धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै देशलाई विकासको बाटोमा अघि बढाउन यी पर्वहरुले प्रेरणा दिने र सबै नेपालीको घरमा सुख, शान्ति र समृद्धिका लागि माता लक्ष्मी र छठी माताको आशीर्वाद सधैं रहने कामना गर्नुभएको छ ।

View : 153

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved