जेनजी आन्दोलन
विराटनगर, ३१ भदौ - कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तोडफोड र आगजनी भएको मुख्यमन्त्री कार्यालयको आज अनुगमन गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले अवलोकनका क्रममा प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीसँग छलफल गर्दै क्षतिको विस्तृत विवरण बुझ्नुभएको हो। उहाँले सार्वजनिक सम्पत्तिमा भएको क्षति तत्काल नापतौल गरी आवश्यक पुनःनिर्माण र सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
कार्कीले प्रदेश सरकारले नागरिकको सम्पत्ति र सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो। साथै उहाँले शान्ति, सुव्यवस्था र कानूनी शासन कायम राख्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
View : 160
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved