Biratnagar, Morang, Nepal
अर्थ

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

-
Saroj Poudel
२२ असार २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य नौं सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन नौं सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

View : 13

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved