Biratnagar, Morang, Nepal
अर्थ

गभर्नरको पहिलो निर्णय

नयाँ गभर्नर डाक्टर विश्वनाथ पौडेलको पहिलो निर्णय : ५० र १००० रुपैयाँका नयाँ नोट छपाइको निर्णय

मौद्रिक नीति स्वतन्त्र हुन्छ, आवश्यक परे संशोधन गरिन्छ : गभर्नर पौडेल
-
अखवारका कुरा
६ जेठ २०८२, मङ्गलवार

Advertisement

काठमाडौं, वैशाख ७ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार सम्हालेपछि उनले पहिलो निर्णयस्वरूप ५० र १ हजार रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरे।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले मौद्रिक नीति र सरकारको वित्त नीति दुई फरक विषय भएको स्पष्ट पारे। उनले भने, “मौद्रिक नीति सरकारको सहायक मात्र होइन, यो एक स्वतन्त्र नीति हो। तर यदि सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध पुर्‍याएको छ भने त्यसलाई आवश्यकताअनुसार संशोधन गरिन्छ।”

गभर्नरका अर्का आकांक्षी तथा कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृतिको विषयमा पौडेलले यसलाई राष्ट्र बैंकको आन्तरिक प्रक्रिया भएको बताए।

आगामी कार्यदिशाबारे स्पष्ट संकेत दिँदै उनले राष्ट्र बैंकले नियमनभन्दा बढी सुपरीवेक्षण क्षमतामा जोड दिनुपर्ने आवश्यकतामाथि प्रकाश पारे। उनले उपयुक्त कर्जा नीति निर्माण, समावेशी वित्त प्रणाली र आर्थिक स्थायित्व सुनिश्चित गर्न व्यापक परामर्शका आधारमा मौद्रिक नीति ल्याइने बताए।

गभर्नर पौडेलको यो सक्रियता बैंक तथा वित्तीय क्षेत्रमा नीतिगत स्थायित्व र विश्वास पुनःस्थापनाको संकेतका रूपमा हेरिएको छ।

View : 48

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved