Biratnagar, Morang, Nepal
राजनीति

नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’

-
अखवारका कुरा
१५ कार्तिक २०८२, शनिवार

Advertisement

 

काठमाडौं । माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् । 

पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गरि ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए । 

अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाबाट अलग भएका छौ । अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौ हामी एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौ । त्यो भेलामा हामी कसरी भन्ने ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्छौ र अगाडि बढ्छौ।’ 

उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए।

हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ । अरु कम्रेडहरु पनि हुनुन्छ जो हिजो आदरणीय हुनुहुन्थ्यो उहाँहरु संरक्षक हुनुपर्छ । वैचारिक संरक्षण उहाँहरुको हुनेछ र उहाँहरुको वैचारिक संरक्षणमा हामीहरु अगाडि बढ्ने छौ,उनले भने ।  

यस्तै भेलामा सहभागि भएका नेता खनालले सिङगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पूर्नगठन हुनु सामान्य प्रक्रिया भएको बताए । 

टुक्रा भएपछि सिङ्गो हुन्छ । त्यो सिङ्गो हुनलाई टुक्रा भएको हो । पूर्नगठन, गठन त प्रोसेस हो । आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि गरिएको आजको छलफल हो, उनले भने ।  

View : 37

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved