काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा शुक्रबार भएको कार्यक्रममा सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको हो ।
पूर्वराष्ट्रपति डा.यादवले शेर्पालाई पर्यटन क्षेत्रमा पु¥याएको अमूल्य योगदानको कदर गर्दै उक्त अवार्डसहित रु ५१ हजार एक सय ५१, दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
यसैगरी सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदर गर्दै प्रदान गरिएको प्रतिष्ठित ‘पीस हिरो अवार्ड २०२६’पप्पू यादव (राजेश रञ्जन) लाई प्रदान गरियो ।
त्यसैगरी एभरेस्ट टुरिजम अवार्ड २०२६ अन्तर्गत विभिन्न व्यक्तित्वहरूलाई एभरेस्ट टुरिजम सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेहरूमा यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, विटिद्नान रोजानापनिच (थाइल्याण्ड), बुद्धि नारायण श्रेष्ठ र जोआओ गार्सिया (पोर्चुगल) रहेका छन्।
साथै, ‘साहसिक पर्यटन उत्कृष्टता अवार्डबाट (पर्वतारोहण)’ अन्तर्गत प्रिन्स फैसल अल साउद (साउदी अरब), निकोल कोवाल्चुक (रूस), पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, एड्रियाना ब्राउनली (बेलायत), जो हार्भे (अष्ट्रेलिया), किशोर साहि (क्यानियोनिङ), आङ छिरिङ शेर्पा, सानो बाबु सुनुवार (प्याराग्लाइडिङ) लगायतलाई सम्मान गरिएको छ ।
यसैगरी ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड निर्मल पुर्जालाई प्रदान गरिएको छ भने टुरिज्म एक्सिलेन्स पर्सनालिटी अवार्डअन्तर्गत डा. रवि शर्मा आर्याल, डा. रमेशराज कुँवर, बेलायतका एण्ट मिडलटन तथा कलाकार अनमोल केसी, कविता नेपाली र नीलम पौडेललाई सम्मान गरिएको छ ।
यसैगरी सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदर गर्दै प्रदान गरिएको प्रतिष्ठित ‘पीस हिरो अवार्ड २०२६’ पप्पू यादव (राजेश रञ्जन) लाई प्रदान गरियो ।
स्लोभेनियाका पर्वतारोही भिक्टर ग्रोशेल्ज, रेस्क्यु पेम्बा फ्रेन्च शेर्पा, पोखरा अल्ट्रा लाइट, काठमाडौँ वातावरण शिक्षा परियोजना, नेपाल पर्वतारोहण संघ (नेपाल माउन्टेनियरिङ एसोसिएसन), दवारिकाज होटल, रमेश सापकोटा (वेलनेस), रोषा टुर एण्ड ट्राभल्स, अशोक लामा (रेस्क्यु), मानशान्त घिमिरे (वन्यजन्तु), रामजी बहादुर श्रेष्ठ (स्पोट्र्स), नारायण भण्डारी (जर्नालिज्म) तथा द क्लिफ नेपाल (बञ्जी एक्सिलेन्स) लगायत विभिन्न संस्था तथा व्यक्तिहरूलाई पनि अवार्ड प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वराष्ट्रपति यादवले हिमाल संरक्षणको अत्यन्तै आवश्यकता औंल्याउँदै भने,‘यो देशमा हामीले हिमाल बचाउनुपर्छ । यदि हामीले हिमाल बचाएनौँ भने हाम्रो पृथ्वीको अस्तित्व नै रहँदैन। त्यसैले हामी सबै—तपाईं, हामी सबै मिलेर विश्व एकजुट भएर हिमाल बचाउनुपर्छ ।’
उनले जलवायु परिवर्तन र हिमाल संरक्षणमा विश्व समुदाय एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामाले धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन।
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved