Biratnagar, Morang, Nepal
पर्यटन

कोशी प्रदेश पर्यटन वर्ष २०८२

कोशी प्रदेशको पर्यटन वर्षको उद्घाटन ,२०८२ भरि विविध कार्यक्रम गरि मनाइने योजना

पर्यटन वर्षमा भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
-
अखवारका कुरा
२८ चैत २०८१, बिहिवार

Advertisement

कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेर १० लाख पर्यटक भित्र्याउने अपेक्षा गर्दै पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ ।

नेपाल सरकारका उपप्रधान एवं सहरी विकाश मन्त्री प्रकाशमान सिंह  र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत २७ गते बुधबार तेह्रथुम जिल्लाको तीन जुरे मिल्के जलजलेमा पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेका हुन ।

रमणीय कोशी नाराका साथ मनाइने वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षै भरी आयोजना गरिने छन् । प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले समेत पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा हामी अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना हुने बताएका छन् ।

कार्यक्रममा स्थानीयवासीका साथै कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सरकारका मन्त्री, सङ्घीय सरकारका मन्त्री, सङ्घीय र प्रदेश सरकारका उच्च पद श्रेणीका कर्मचारी, पर्यटन व्यवसायी र भारतबाट समेत अतिथिहरुको उपस्थिति रहेको थियो ।

पर्यटन वर्षमा मुख्यतया: भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । 

View : 82

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved