नोरा फतेही काठमाडौमा
काठमाडौं – बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही शनिबार बिहान दुबईबाट काठमाडौं आइपुगेकी छन्। उनी आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा धमाकेदार प्रस्तुति दिनेछिन्।
आयोजकका अनुसार नोराको २३ सदस्यीय प्राविधिक तथा व्यवस्थापन टोली शुक्रबार नै काठमाडौं आइपुगेको थियो। कार्यक्रममा आवश्यक सबै तयारीहरू पूरा भइसकेको छ।
सो कार्यक्रमको लागि नेपाली फ्यानहरूमा विशेष उत्साह देखिएको छ। टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा ‘नोरा इन नेपाल’ ट्रेन्डिङमा छ। आयोजकहरूले दर्शक व्यवस्थापनदेखि सुरक्षासम्ममा विशेष सतर्कता अपनाएको जानकारी दिएका छन्।
नोराले आज साँझ आफ्ना चर्चित बलिउड गीतहरूमा ‘सिग्नेचर डान्स मुभ्स’ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। आयोजकहरूले कार्यक्रममा हजारौँ दर्शकको उपस्थितिको अनुमान गरेका छन्।
नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय कलाकारहरूको आगमनले सांस्कृतिक कार्यक्रमहरूमा नयाँ रौनक थपेको छ। यसअघि नेहा कक्कड़, अरिजीत सिंह र एपी ढिल्लोजस्ता कलाकारहरूको कन्सर्टले दर्शकहरूलाई मनोरञ्जन दिलाइसकेका थिए। नोरा फतेहीको प्रस्तुति पनि त्यही शृंखलाको निरन्तरता हो।
View : 569
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved