Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलद्वारा इडेनवर्ग कलेजमा निःशुल्क दृष्टि परीक्षण, १२० विद्यार्थी लाभान्वित

-
अखवारका कुरा
२१ असार २०८३, आइतवार

Advertisement

विराटनगर। लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले लायन्स इन्टरनेशनलको प्रमुख सेवा क्षेत्रमध्ये एक "Vision" अन्तर्गत इडेनवर्ग कलेज, विराटनगरमा निःशुल्क Vision Screening Program सम्पन्न गरेको छ। 
कार्यक्रममार्फत १२० जना विद्यार्थीले निःशुल्क दृष्टि परीक्षण सेवा प्राप्त गरेका छन्।

विद्यार्थीहरूमा समयमै आँखासम्बन्धी समस्या पहिचान गरी आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमको संयोजन क्लब भिजन को-अर्डिनेटर लायन सुमी राजवंशी साह तथा क्लब कोषाध्यक्ष लायन नन्दकिशोर साहले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ C का एरिया चिफ लायन डा. सुनिल रेग्मी, इडेनवर्ग कलेजका क्याम्पस प्रमुख डी.के. साह, लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलका अध्यक्ष लायन प्रमोद कुमार साह, सचिव लायन दिपेन्द्र कार्की लगायत क्लबका पदाधिकारी, सदस्य तथा कलेजका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रमोद कुमार साहले दृष्टि संरक्षण स्वस्थ जीवनको आधार भएको उल्लेख गर्दै यस्ता परीक्षण कार्यक्रमले विद्यार्थीहरूमा आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न र आवश्यक उपचारका लागि प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि क्लबले लायन्स इन्टरनेशनलका विभिन्न सेवा क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, रक्तदान, मधुमेह, वातावरण तथा अन्य मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमप्रति विद्यार्थी तथा कलेज प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता सेवामूलक कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले "We Serve" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समुदायको आवश्यकता अनुरूप स्वास्थ्य तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तर विस्तार गर्दै आएको जनाएको छ।

View : 35

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved