Biratnagar, Morang, Nepal
शिक्षा

विराटनगरकी पत्रकार विदिशा भट्टराई बनिन् नेपाल टप

-
अखवारका कुरा
५ चैत २०८२, बिहिवार

Advertisement

विराटनगर । मोफसलमा बसेर अध्ययन र पत्रकारिता दुवै क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी विदिशा भट्टराईले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ब्याचलर इन पब्लिक एड्मिनिस्ट्रेसन (BPA) छैटौं सेमेस्टर परीक्षामा नेपाल प्रथम हुँदै उल्लेखनीय सफलता हासिल गरेकी छन्।


विश्वविद्यालयले हालै सार्वजनिक गरेको नतिजाअनुसार भट्टराईले ३.९३ जीपीए प्राप्त गर्दै देशभर उत्कृष्ट स्थान ओगटेकी हुन्। उनी विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत छिन्।


शैक्षिक यात्रासँगै पत्रकारितामा सक्रिय भट्टराई ‘हाम्रो विराटनगर डटकम’सँग आवद्ध रहेर सामाजिक सरोकारका विषयमा निरन्तर लेखन गर्दै आएकी छन्। स्थानीय मुद्दा, जनजीवन र समसामयिक विषयलाई प्राथमिकतामा राखेर गरिएका उनका सामग्रीहरूले पाठकमाझ अलग पहिचान बनाएका छन्।


अध्ययनको चाप र पेशागत जिम्मेवारीबीच सन्तुलन कायम गर्दै प्राप्त गरेको यो उपलब्धिलाई उनका सहकर्मी र शिक्षकहरूले उदाहरणीय मानेका छन्। क्याम्पस प्रशासनले पनि उनको सफलताप्रति खुसी व्यक्त गर्दै औपचारिक रूपमा बधाई दिएको छ।


मोफसलमै रहेर राष्ट्रिय स्तरको उत्कृष्टता हासिल गर्नुले भट्टराईको व्यक्तिगत मेहनत मात्र नभई बाहिरबाट पनि अवसर सम्भव छ भन्ने सन्देश दिएको छ। उनको उपलब्धिले अध्ययन र पेशालाई सँगसँगै अघि बढाउन चाहने युवापुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

View : 147

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved