विराटनगर — विराटनगर–१२ मलङ्गुवा स्थित जनता बालकल्याण आधारभूत विद्यालयमा इग्नाइट फाउन्डेसनको आयोजना र विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
शिविरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्नुभयो। फाउन्डेसनका अध्यक्ष आश्रेय कोइरालाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरिया र विराट रानी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कमलेश कर्णले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको आँखाको निःशुल्क परीक्षण गरिएको थियो। आयोजक संस्थाका अनुसार परीक्षणमा आवश्यक परेका केहीलाई थप उपचारका लागि सल्लाह पनि दिइएको छ।
फाउन्डेसनका अध्यक्ष कोइरालाले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
View : 361
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved