Biratnagar, Morang, Nepal
मनोरंजन

दुर्गेश थापा लाइभ इन विराटनगर

आज विराटनगरमा साँझको रौनक सहित दुर्गेशको धमाकेदार प्रस्तुती हुँदै

साँझको माहोल तताउदै 'हामी हेरेको हेरै' गीतका साथ दुर्गेश थापाले हाटखोला मैदानलाई सङ्गितमय बनाउने !
-
अखवारका कुरा
२६ वैशाख २०८२, शुक्रवार

Advertisement

आज शुक्रबारको साँझ विराटनगरमा हुनेछ संगीतिक सुनामी ।  हाटखोलाको मैदानलाई थापाले आफ्नो स्टेजमा बदल्दै गर्दा पूरा शहर हल्लिनेछ! लाइभ इन्टरटेनमेन्ट र भाइरल इन्टरटेनमेन्टले  नेपालकै चर्चित गायक दुर्गेश थापालाई मन्चमा उतार्दैछन ।  जसले हाटखोलाको मैदानलाई आफ्नो स्टेजमा बदल्नेछन्। शुक्रबारको साँझ हाटखोलाको मैदानमा हुने सांगीतिक धमाका तयार छ।सबै तयारी पूरा भएको छ ।

दर्शकहरूलाई लठ्ठ पार्न दुर्गेश थापाले आफ्ना सुपरहिट गीतहरूका साथ धमाकेदार प्रस्तुति दिनेछन्। उनका हिट गीत 'हामी हेरेको हेरै' अहिले युवामाझ ट्रेन्डिङमा छ र यही गीत कार्यक्रमको प्रमुख आकर्षण बन्नेछ।

लाइभ इन्टरटेनमेन्टका निर्देशक सान्ट्रो महतले भने, 'यो केवल कन्सर्ट मात्र होइन, यो एक सांगीतिक सुनामी  हुनेछ। दुर्गेश थापाको क्रेज, उनका गीतहरूमा युवा पुस्ताको झुमाइ र हाटखोलाको जोश - यी सबैले विराटनगरलाई संगीतको राजधानी बनाउनेछ।', 'यो शोले विराटनगरको संगीतिक इतिहासमा नयाँ रेकर्ड राख्नेछ। थापाको ऊर्जा र गीतको क्रेजले दर्शकलाई नचाउनेछ।'

हाटखोलाको मैदानमा हुने यस भव्य कार्यक्रममा सहभागी हुनका लागि टिकटको बिक्री जोडतोडले भइरहेको  छ। विराटनगरका प्रमुख पसलहरूमा टिकट उपलब्ध गराइएको टिकट किन्नेको लर्को छ भने  अनलाइन बुकिङको सुविधाले पनि दर्शकलाई लोभ्याइरहेको छ ।

कार्यक्रमलाई हेर्न आउनेहरूको भीडलाई नियन्त्रण गर्न सुरक्षाको विशेष प्रबन्ध गरिएको छ ।  आयोजकका अनुसार  'यो कार्यक्रम कुनै साधारण शो होइन। यो विराटनगरको सांगीतिक इतिहासमा कहिल्यै नदेखिएको स्तरको इभेन्ट हुनेछ।' आयोजकले अतिरिक्त सुरक्षा गार्ड, व्यवस्थापन टोली र प्रहरीको व्यवस्था मिलाएका छन्। 'यो सांगीतिक रात विराटनगरका दर्शकका लागि सम्झनायोग्य बन्नेछ,' आयोजकले बताए । 

View : 175

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved