Biratnagar, Morang, Nepal
स्वास्थ

वीरगञ्जमा हैजा फैलियो, संक्रमित ७९ जना

-
अखवारका कुरा
८ भदौ २०८२, सोमवार

Advertisement

 

वीरगञ्ज – वीरगञ्ज महानगरमा समुदायस्तरमै हैजा फैलिएको छ । तर यसको वास्तविक स्रोत भने पत्ता लागेको छैन ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार गत शुक्रबारदेखि संक्रमित भेटिन थालेका हुन् । आइतबार बेलुकीसम्म ७१ जना संक्रमित भेटिएका थिए भने सोमबार बिहानसम्म थप आठ जना देखिएपछि कुल संक्रमितको संख्या ७९ पुगेको छ । हाल विभिन्न अस्पतालमा १०३ जना उपचाररत छन् ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा मात्रै ३० जना बिरामी भर्ना भएका छन् । “हैजाका लागि आवश्यक श्यया र जनशक्ति दुवैको अभाव छ । सहयोग गर्ने भनिए पनि व्यवहारमा जनशक्ति र सामग्री आएको छैन,” उनले भने ।

विश्व स्वास्थ्य संगठनलगायतको टोलीले पानी परीक्षण लगायतका काम थालेको छ । आजभित्रै हैजाको स्रोतबारे प्रारम्भिक प्रतिवेदन आउने आशा स्वास्थ्यकर्मीहरूले व्यक्त गरेका छन् ।

नारायणी अस्पतालमा २६, तराई अस्पतालमा २५, नेशनल मेडिकल कलेजमा नौ, भवानी अस्पतालमा तीन र अन्य निजी संस्थामा आठ जनामा कोलेरा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीहरूले छिट्टै स्रोत पत्ता लगाएर व्यवस्थापन नगरे महामारी थप फैलिन सक्ने चेतावनी दिएका छन् ।

View : 76

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved