काठमाडौं । गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहले पुरा देश नै यति बेला चुनावी माहोेलमा भएका कारण केही समयका लगि रिलिज स्थगित गरिएको बताए ।
यो सिनेमाको वितरक नेशनल सिने ग्रुपले मंगलबार साँझ एक विज्ञप्ती सार्वजनिक गर्दै श्री बुकुरोको रिलिज स्थगित गरिएको जानकारी दिएको हो ।
यससँगै वितरक संस्थाले नयाँ प्रदर्शन मितिको रुपमा बैशाख १८ गतेलाई फाइनल गरिएको समेत जानकारी दिएको छ ।
फिल्म रेञ्जको व्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह सिनेमाकी निर्मात्री हुन् ।
पारिवारिक सम्बन्धको कथामा आधारित सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ ।
View : 128
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved