विराटनगर - विराटनगरस्थित सप्तकोशी अस्पताल प्रा.लि. ले आफ्नै भवनबाट स्वास्थ्य सेवा सञ्चालन गरेको १५ वर्ष पूरा भएको अवसरमा माघ महिनाभरि विभिन्न शल्यक्रियामा विशेष छुट प्याकेज लागू गरेको छ।
सुरुआती १० वर्ष भाडामा सेवा सञ्चालन गरेपछि आफ्नै भवन निर्माण गरी अस्पताल सारिएको १५ वर्ष पूरा भएको उपलक्ष्यमा उक्त प्याकेज सार्वजनिक गरिएको अस्पतालले जनाएको छ। छुट प्याकेजअन्तर्गत पाठेघर, सिजेरियन, एपेन्डिक्स, हर्निया तथा ल्यापारोस्कोपिक पित्तथैली सम्बन्धी शल्यक्रियाहरूमा छुट सेवा उपलब्ध गराइनेछ।
अस्पतालका प्रशासन प्रमुख बिमल नेपाल ले १५ वर्षको यात्रामा बिरामीको विश्वास नै सबैभन्दा ठूलो उपलब्धि रहेको उल्लेख गर्दै यो प्याकेज स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएको बताए। “गुणस्तरीय, सुरक्षित र आधुनिक उपचारलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रयासकै रूपमा माघ महिनाभरि छुट प्याकेज ल्याएका हौँ,” उनले जानकारी दिए।
उनका अनुसार अनुभवी चिकित्सक टोली, अत्याधुनिक उपकरण तथा सुरक्षित उपचार प्रणालीमार्फत सप्तकोशी अस्पतालले पूर्वी नेपालमा दीर्घकालीन योगदान दिँदै आएको छ। अस्पतालले समयसापेक्ष सेवा विस्तार गर्दै उपचार प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै आएको पनि उनले बताए।
विशेषज्ञ चिकित्सकहरु प्रसुती तथा महिला रोग विशेषज्ञ चिकित्सकहरु डा. गीता कार्की, डा. योगेन्द्र मिश्र, डा. यमबहादुर श्रेष्ठ, डा. रेनुका राठी बाट शल्यक्रिया गरिनेछ । जनरल सर्जरीमा बरिष्ठ चिकित्सक डा. नारायण बस्नेत र डा. सुनिल चन्द्र अधिकारीबाट शल्यक्रिया हुनेछ ।
माघ महिनाभरि लागू हुने उक्त विशेष छुट प्याकेजसम्बन्धी थप जानकारीका लागि अस्पतालसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने जनाइएको छ। सप्तकोशी अस्पताल विराटनगर महानगरपालिका-९ स्थित रोडशेष चोकमा अवस्थित छ।
View : 188
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved