Biratnagar, Morang, Nepal
स्थानीय तह

७०औं प्रहरी दिवस

७०औं प्रहरी दिवसको अवसरमा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

-
अखवारका कुरा
२९ असोज २०८२, बुधवार

Advertisement

विराटनगर, असोज २९ । नेपाल प्रहरी प्रदेश अस्पतालको आयोजनामा आज विराटनगर–१२ स्थित विराट सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

७०औं प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाल रहनुभएको थियो।

कार्यक्रममा विराटनगर–११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामत, वडा सदस्यहरू, प्रहरी अस्पताल र गोल्डेन अस्पताल विराटनगरका गरी २४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीको सहभागिता रहेको थियो।

शिविरमा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक अप्रिल चापागाईं, बखरी प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टराई, पंचमुखी युवा समाजका अध्यक्षसहितका सदस्य, समाजका भद्रभलाद्मी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उक्त स्वास्थ्य शिविरबाट विराटनगर–११ र १२ का गरी १५० भन्दा बढी बाढीपीडित तथा विपन्न नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। बिहान ९ बजे प्रारम्भ भएको कार्यक्रम दिउँसो ३ बजे सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।

View : 74

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved