Biratnagar, Morang, Nepal
सामाजिक सेवा

विराटनगर जेसीजद्वारा राम नवमीको अवसरमा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

-
अखवारका कुरा
१३ चैत २०८२, शुक्रवार

Advertisement

विराटनगर । श्री राम नवमीको पावन अवसरमा विराटनगर जेसीजले सिङ्घिया नदी परोपकार घाटमा नियमित रुपमा आयोजना हुने  परमार्थ आरती लाई २१ थान कुर्सी हस्तान्तरण गरेको छ।

“भक्ति र सेवाको संगम, परोपकारमा कुर्सी हस्तान्तरण कार्यक्रम–२०८२” अन्तर्गत आयोजित कार्यक्रममा सन्ध्या आरतीमा सहभागी भक्तजनहरूको सहजताका लागि कुर्सी हस्तान्तरण गरिएको हो।

कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा झि पुचः का पूर्व अध्यक्ष सुदर्शन बहादुर श्रेष्ठ तथा विशिष्ट अतिथिका रूपमा परमार्थ सिङ्घिया आरतीका उपाध्यक्ष नवराज काफ्ले उपस्थित थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक सांस्कृतिक संरक्षणलाई पनि समान रूपमा अघि बढाउँदै आएको उल्लेख गरे।

प्रमुख अतिथि श्रेष्ठले युवाहरूको यस्तो सामाजिक योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे।

त्यसैगरी विशिष्ट अतिथि परमार्थ आरतीका उपाध्यक्ष नवराज काफ्लेले आरती स्थलमा भक्तजनहरूको सुविधाका लागि गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष रिजन सिग्देलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने सहसचिव गौरव कर्णले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल लगायत पूर्व अध्यक्षहरू, विराटनगर जेसीज बोर्ड तथा पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

View : 87

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved