Biratnagar, Morang, Nepal
शिक्षा

शिक्षादिप स्कुलमा निर्वाचनबाट नयाँ नेतृत्व चयन

-
अखवारका कुरा
२७ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगर –१० मा रहेको शिक्षादिप स्कुलले निर्वाचन पद्धतीबाट नयाँ नेतृत्व चयन गरेको छ । 

स्कुल परिसरमा आज निर्वाचन गरेर हेड ब्वाइज र हेड गल्स चयन गरेको हो ।

१० जना विद्यार्थीहरु प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित भए थिए भने ३४ जना विद्यार्थीले उम्मेदवारी दिएका थिए ।  विद्यालयको हेड ब्वाइजमा मनिकान्त यादव  र हेड गल्समा मोनिका अधिकारी निर्वाचित भएकाृ स्कुलका को–अर्डिनेटर गनेश गौतमले जानकारी दिए । 
त्यस्तै ब्लु हाउस क्याप्टेनमा एन्जेल तामाङ चयन भए भने भाइस क्याप्टेनमा रितिका भट्टाई चयन भए ।  ग्रिन हाउस क्याप्टेनमा राज यादव चयन हुँदा भाइस क्याप्टेनमा प्रिजु मेहता, रेड हाउस क्याप्टेनमा मानवी खरेल चयन हुँदा भाइस क्याप्टेनमा जोया एकवाल चयन भए र येल्लो हाउस क्याप्टेनमामा इन्द्रनारायन यादव चयन हुँदा भाइस क्याप्टेनमामा विष्मा पुरी चयन भए ।
निर्वाचन प्रकृयामा कक्षा ५ देखि कक्षा १० सम्म ४ सय ५५ जना विद्यार्थी सहभागि रहेको स्कुलले जनाएको  छ ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved