Biratnagar, Morang, Nepal
राजनीति

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

-
अखवारका कुरा
२८ माघ २०८२, बुधवार

Advertisement

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणासमेत गरेका छन् ।
झा राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी को केन्द्रिय उपाध्यक्ष थिए । राष्ट्रिय मुक्ति, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवारको रुपमा धनुषा क्षेत्र नं.३ मा उम्मेदवारी दर्ता गराएका थिए ।
बुधबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा झासहित उनका समर्थकहरुले रास्वपा प्रवेश गरेका छन् । यो संगै धनुषा क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धाले रोमाञ्चक मोड लिएको छ ।
पार्टी प्रवेश गर्दै झाले वर्तमान राजनीतिक परिस्थिती र समयको मागलाई मध्येनजर गर्दै देशका युवाहरुले परिवर्तन खोजेका कारण उनीहरुको भावना र चाहनालाई सम्मान गर्दै आफूले रास्वपा प्रवेश गरेको बताए । उनले आजकै दिनबाट राष्ट्रिय मुक्ति पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरे । झाले केही दिन देखि आफू घरदैलो गर्दै धनुषाका विभिन्न गाउँ घर पुग्दा सबैलै रास्वपा र बालेनको नाम मात्र लिने गरेको सुनाए । उनले जनताले यस पटक परिवर्तन चाहेको बताए । उनले मधेशी युवा प्रधानमन्त्री बन्नेमा आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा रास्वपाका प्रवक्ता मनिस झाले पार्टी प्रवेश गरेका राजिव झालाई स्वागत गर्नुका साथै उनले गरेका विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गरेका थिए । प्रवक्ता झाले राजिव झालाई रास्वपामा सम्मानजनक स्थान दिने बताए ।
पार्टी प्रवेश कार्यक्रममा झासंगै दर्जनौं नेता कार्यकर्ता तथा युवाहरुले रास्वपाको सदस्यता लिएका थिए ।

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved