काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख पदमा रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिएको छ ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved