Biratnagar, Morang, Nepal
सामाजिक सेवा

नेपाल जेसीज अधिवेशन

नेपाल जेसीजको २०२६ को नेतृत्व चयन :अध्यक्षमा जीवन कार्की सहित नयाँ पदाधिकारी निर्वाचित

-
अखवारका कुरा
७ पुष २०८२, सोमवार

Advertisement



जनकपुर । नेपाल जेसीजको २०२६ को  कार्यकालका लागि जनकपुरमा सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।

विद्युतीय मतदान प्रणालीमार्फत भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

अन्तिम मतपरिणामअनुसार जेसी जीवन कार्की ५१२ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी सिनेटर विजय गुरुङले ४६२ मत प्राप्त गरे ।

यस्तै, जेसी नवराज उपाध्याय १०१२ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित कार्यकारिणी उपाध्यक्ष पदमा विजयी बनेका छन्। जेसी स्वप्ना  पौडेल भण्डारी (८४४), सिनेटर विकेश लाल श्रेष्ठ (८१६) र जेसी योगेश राजवंशी (८०४) मत प्राप्त गर्दै कार्यकारीणी उपाध्यक्ष पदमा जीत हासिल गरेका छन्।

जेसी मेनुका ओली (९५१), जेसी दिपेश बराइली (९२२), जेसी अमन महर्जन (८८९), जेसी खगेन्द्र भण्डारी (८८४), जेसी विदुर थापा (८७७), जेसी सुरेन्द्र श्रेष्ठ (८५९), जेसी एन्जिला खड्का (८१८), जेसी देबु बानियाँ (७६८) र जेसी रुपक बहादुर विष्ट (७५०) ,जेसी सन्दिप भुसाल (७४८) जेसी आरोग्य श्रेष्ठ (७३८) र जेसी अनिश भट्टराई (७०५) मतसहित उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

नवनिर्वाचित नेतृत्वले २०२६ कार्यकालमा संगठन सुदृढीकरण, युवा नेतृत्व तथा व्यक्तित्व विकास र युवा सशक्तीकरणका कार्यक्रमलाई  प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।

View : 97

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved