Biratnagar, Morang, Nepal
सामाजिक सेवा

नारी दिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रल र विराट नर्सिङ होमबीच सम्झौता

-
अखवारका कुरा
२४ फागुन २०८२, आइतवार

Advertisement

विराटनगर :  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रलले स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले विराट नर्सिङ होमसँग समझदारीपत्र (MoU) हस्ताक्षर गरेको छ।

रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आयोजित उक्त कार्यक्रममा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रल र विराट नर्सिङ होमबीच औपचारिक रूपमा सम्झौता भएको हो। सम्झौतापछि रोटरी तथा रोट्र्याक्टसँग आबद्ध सदस्यहरूले विराट नर्सिङ होममा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष सहुलियत प्राप्त गर्नेछन्।

क्लबकी अध्यक्ष अन्किता श्रेष्ठले महिला दिवसको अवसरमा गरिएको यस्तो सहकार्यले स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै सामाजिक सेवामा थप ऊर्जा मिल्ने बताइन्। उनले रोट्र्याक्टले समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा रोटरी तथा रोट्र्याक्टका पदाधिकारी, सदस्यहरू तथा विराट नर्सिङ होमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवामा सहुलियत दिने यस पहलले सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका थिए।

View : 10

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved