Biratnagar, Morang, Nepal
खेलकुद

च्याम्पियन्स ट्रफी

च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई

भारतले २५ वर्ष अघि २००२ मा भएको दोस्रो संस्करणको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको बदला लिन सफल भएको छ । भारतको यो तेस्रो पटकको च्याम्पियन्स ट्रफीको उपाधि हो ।
-
अखवारका कुरा
२६ फागुन २०८१, सोमवार

तस्बिर सौजन्य : ICC अफिसियल फेसबुक पेज

Advertisement

विराटनगर / भारत १२ बर्षपछि आईसीसी एकदिवशीय ट्रफी जित्न सफल भएको छ । 

दुवईमा भएको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै १२ बर्षपछि आईसीसी एकदिवशीयको ट्रफीमा कब्जा जमाउन सफल भएको हो ।  यस अघि २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । 

भारतले २५ वर्ष अघि २००२ मा भएको दोस्रो संस्करणको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको बदला लिन सफल भएको छ । भारतको यो तेस्रो पटकको च्याम्पियन्स ट्रफीको उपाधि हो ।

न्युजिल्याण्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।  कप्तान रोहित शर्माले आक्रामक पारी खेल्दै  ७६ रनमा आउट हुन पुगे । श्रेयस अय्यरले ४८ रन बनाउदा  केएल राहुल ३४ रनमा अविजित रहे भने हार्दिक पान्डेयले १८ रन र रविन्दू जडेजा ९ रनमा अविजित रहे । न्युजिल्याण्डका माइकल ब्रेसवेल र मिचेल सान्टनरले २–२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित  ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रनको  योगफल खडा गरेको थियो  । न्युजिल्याण्डका डारिल मिचेलले सर्वाधिक ६३ रन बनाउदा माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ रन र ग्लेन फिलिप्सले ३४ रनको योगदान दिए । 

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २–२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

भारतक लागि यो च्याम्पियन्स ट्रफीको तेस्रो उपाधि हो । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि उचाल्दा  २०१३ मा उपाधि माथि कब्जा जमाएको थियो । 

View : 78

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved