काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् ।
आइतबार आयोजित एक भेला कार्यक्रममा बोल्दै उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।
‘संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।
उनले भने ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले पहिले–पहिले पनि गरिराखेकै कुरा हो । र अहिले पनि हामीले यस्ता कार्यक्रमहरु गरिराखेका तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ । संसद्मा के भइरहेको छ, कसो भइरहेको छ ? हामी संसद बाहिर छौँ । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर संसदमा कसरी जाने भनेर म भन्दा पनि धेरै पूराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरू वा हामीसित सरसल्लाह पनि गर्नुहोला । संसदमा धेरै विषयवस्तु आउने बताउँदै उनले ती विषयवस्तु बुझेर विज्ञसँग छलफल गर्नुपर्छ भने तयार छौं ।’
संसदमा जाने सांसदहरुलाई नेपाली कांग्रेसको गरिमालाई उच्च राख्नेगरी काम गर्न अपिल गरे ।
View : 41
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved