विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले भोलि दिउँसो ४ बजेबाट अनसनमा बस्ने भएका छन । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै कार्कीले प्रदेशसभा अगाडी आमरण अनसन बस्ने जनाएका हुन ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरण पत्र पठाएको भोलि ४८ घण्टा पुग्ने र सो बीचमा पनि माग सम्बोधन नभए अनसन बस्ने उनको भनाइ छ ।
आफुले सर्वहारा वर्गका जनताको कुरा उठाएकाले सबैले साथ दिने दावी गर्दै कार्कीले भने, ‘मैले जनताका कुरा उठाएको हुँ । आफू मर्न तयार छु, तर अनसन छाडेर भाग्दिन ।’
उनले ९ सुत्रिय माग राख्दै आइतबार मुख्यमन्त्री कार्कीलाई स्मरण पत्र बुझाएका थिए । पत्रकार सम्मेलनमा कार्कीले आफूले जसको केही छैन , जो उपचार गर्न सक्दैन , जो दिन रात खटिन्छ त्यस्ता जनताको पक्षमा आवाज उठाएको उल्लेख गर्दै आफूले सुरुवात गरेका काम जनतासँग प्रत्यक्ष जोडिएको बताए ।
उनले भने, ‘आफुले मुख्यमन्त्री बाट हटेको कुण्ठा व्यक्त गर्न खोजेको आरोप लाउनेलाई भन्नू केही नरहेको आफू निरन्तर जनताको पक्षमा लड्ने बिपिको कार्यकर्ता भएको र अहिलेको सरकारले जनतासँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण कामलाई हटाएका कारण संघर्षमा उत्रनु परेको , काङ्ग्रेसकै प्रधानमन्त्री हुँदा समेत काङ्ग्रेसले नै बिरोध गरेर समस्या समाधान गरेको बिगतलाई नबिर्सन समेत अनुरोध गरे ।
सर्वहारा वर्गको हितका लागि आफू अनसन बस्न लागेकाले यो कुनै एक दल सग मात्र नजोडिने हुँदा सबै दलको सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।
View : 188
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved