Biratnagar, Morang, Nepal
राजनीति

माग पूरा हुने भएपछि पुर्व मुख्यमन्त्री कार्कीले तोडे अनसन

२६ भदौ २०८१, बुधवार

Advertisement

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले विराटनगर ६ कि निर्मला शर्माकाे ४२ दिनका छाेरा शिब शंकर शर्माकाे हातबाट जुश खाएर कार्कीले अनशन तोडेका छन  ।
काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा नेपाली काङ्ग्रेस बिराटनगर महानगर समिती सभापति दिपक चापागाईं सहितको प्रतिनिधि संग कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको बार्ता पश्चात् भएको सहमति अनुसार  कार्कीले बुधबार राती अनशन तोडेका हुन । 

 मुख्यमन्त्री सहित दुबै पक्ष बिच भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेको मागहरू सम्बोधन गर्ने  मुख्यमन्त्री कार्कीले बिश्वास दिलाएका थिए ।

यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले माग सम्बोधन गर्न तयार रहेको सन्देश लिएर पुर्व मुख्यमन्त्री कार्की अनसन बसेको स्थल पुगेर माग सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडेका हुन । 

यस सगै कार्कीले राखेका माग सम्बोधन हुने भएपछी जनतामा खुसी छाएको भन्दै स्थानीयले खुसी ब्यक्त गरेका छन । 
 

View : 349

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved