Biratnagar, Morang, Nepal
स्थानीय तह

ज्योति आधारभूत विद्यालयका बालबालिकालाई एमाले विराटनगर -४ द्वारा ट्र्याकसुट सहयोग

-
अखवारका कुरा
२० पुष २०८२, आइतवार

Advertisement

नेकपा एमाले विराटनगर महानगरपालिका–४ वडा कमिटीले जाडोयामबाट बालबालिकालाई जोगाउने उद्देश्यले ज्योति आधारभूत विद्यालयका ७५ जना विद्यार्थीलाई विद्यालयको लोगो अंकित ट्याकसुट वितरण गरेको छ।
वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य, नियमित विद्यालय उपस्थिति तथा पठनपाठनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। जाडोका कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले ट्याकसुट वितरण गरिएको वडा कमिटीले जनाएको छ।
कार्यक्रम वडा कमिटी अध्यक्ष नवराज काफ्लेको नेतृत्व तथा वडा कमिटी परिवारको सामूहिक सहयोगमा सम्पन्न भएको हो। ट्याकसुट वितरणमा नेकपा एमालेका नेता गणेशराज लुइटेल, सोमराज थापा, युवराज बराल, सागर थापा, बलराम गिरी, राजन दाहाल, रीता न्यौपाने, सरिता नेपाल, तुलसीप्रसाद घिमिरेलगायत वडाकमिटीका सबै सदस्य तथा पदाधिकारीहरूको सक्रिय सहभागिता र सहयोग रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले पार्टी, नेता तथा कार्यकर्ताहरूको सामूहिक प्रयासबाट सामाजिक उत्तरदायित्व निर्वाह गरिएको उल्लेख गर्दै सामुदायिक विद्यालय र बालबालिकाको हितमा यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

View : 194

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved