Biratnagar, Morang, Nepal
सामाजिक सेवा

डन स्कुल बाल क्लबलाई सन्तोष शाह नेतृत्वको युवाहरूको सहयोग

-
अखवारका कुरा
१७ चैत २०८२, मङ्गलवार

Advertisement

विराटनगर - समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर क्रियाशील रहँदै आएको डन अंग्रेजी स्कुल, बिराटनगरको बाल क्लबलाई युवाहरूको एक समूहले प्रोत्साहनस्वरूप सानो तर अर्थपूर्ण सहयोग प्रदान गरेको छ।
सन्तोष शाहको नेतृत्वमा रहेको उक्त युवाहरूको समूहले बाल क्लबले गर्दै आएका सामाजिक सचेतना, सिर्जनात्मक तथा समुदायमुखी गतिविधिहरूको प्रशंसा गर्दै उक्त सहयोग गरेको हो।
कार्यक्रममा बोल्दै सन्तोष शाहले बाल क्लबका गतिविधिहरू समाज परिवर्तनतर्फको महत्वपूर्ण कदम भएको बताउँदै भने, “विद्यार्थीहरूमा यस्तो सकारात्मक सोच र सामाजिक जिम्मेवारी देखिनु अत्यन्तै प्रशंसनीय हो। हामीले उनीहरूको हौसला बढाउन मात्र सानो प्रयास गरेका हौं, तर यसले ठूलो परिवर्तनको प्रेरणा दिन सक्छ।”
बाल क्लबले विद्यालय तथा समुदाय स्तरमा विभिन्न जनचेतनामूलक तथा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूको यस्तो सक्रियता र समर्पणले समाजमा राम्रो प्रभाव पारिरहेको भन्दै युवाहरूले हौसला प्रदान गरेका छन्।
कार्यक्रममा सहभागीहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्न यस्ता गतिविधिहरू महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरित गरेका थिए।

View : 42

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved