महावीर पुनको पुस्तक विक्री अभियान
स्किन केयरमा ख्याती कमाउदै गएको एलो हर्बलले महावीर पुन किताब बिक्री गर्दै विराटनगर आएको मौकामा आफ्नो उधोगमा निमन्त्रणा गरि किताब खरिद गरेको छ ।
महावीर पुनले बिरगंजमा औजार कारखाना स्थापनार्थ आफ्नो जिवनीको पुस्तक प्रकाशन गरि आफैले देश व्यापी रुपमा भ्रमण गर्दै पुस्तक विक्री गर्दै आएका छन ।
एलो हर्बलमा लामो समय कोरिया बसेर सिकेको सिपलाइ नेपालमा नै प्रयोग गरि नेपाल लाई समृद्ध बनाउने उदेश्यले युवा उद्धमी रोशन घिमिरेले सुरु गरेको स्किन केयर प्रोड्कट नेपाल लगायत बिदेशमा समेत बिक्रि बितरण हुनेगरेको छ ।
पुस्तक बिक्री गर्न कम्पनी आएका बखत महावीर पुनले घिमिरेलाई बिरगंज औजार कारखानामा आएर युवाहरु आफुले जानेको सीप सिकाउन अनुरोध गरे ।
साथै घिमिरे संचालक रहेको एलो हर्बलले सत्ताइस हजार पाँच सय बराबरको पुस्तक खरिद गरेको छ । सो पुस्तक मध्ये केही उधोगमा राखी बाकी पुस्तक खोज र अनुसन्धानमा सक्रिय र पठन क्षमता बिकास गर्न चाहने युवाहरुलाई सहयोग स्वरुप पुस्तक दिन सकिने महावीर पुनको सुझावलाई ग्रहण गर्दै सोही अनुसार पुस्तक वितरण गर्ने जनाएको छ ।
View : 340
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved