दशैमा झुम्दै विराटनगर
नजिकिँदै गरेको बडादशैंको अवसरमा विराटनगरको हिमालय रोडमा पाँचौँ संस्करणको ‘विराट सडक महोत्सव–२०८२’ असोज ६ गतेदेखि ११ गतेसम्म आयोजना हुने भएको छ।
आयोजक मन्जिना मुभिज क्रियसनले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् कि यस पटकको महोत्सव अझ विशेष र बृहत् हुनेछ। महोत्सवमा २५ वटा स्टल राखिने छन्, जसमा विभिन्न जातजातिका मौलिक परिकार र स्थानीय–राष्ट्रिय स्तरका खानाका स्टलहरू समावेश छन्।
मन्जिना मुभिज क्रियसनका निर्देशक जतिन ताम्राकारले भने “सडक महोत्सवले विराटनगरको सांस्कृतिक, सामाजिक र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नेछ। यस अवधिभर मनोरञ्जनात्मक कार्यक्रम, कला–संगीत प्रस्तुति र अन्य आकर्षक गतिविधिहरू हुनेछन्।”
आयोजकले विराटनगरवासी मात्र नभई छिमेकी भारतीय शहर जोगवनी र कटिहारका पाहुनाहरूको पनि उत्साहजनक सहभागिताको अपेक्षा राखेका छन्। महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन र पर्यटन विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
विगत वर्षहरूमा जस्तै, यसपटकको महोत्सवले सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई झल्काउँदै सबैलाई एकै ठाउँमा ल्याउनेछ।
View : 155
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved