Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

मेडिकल एसाेसिएसन कोशीद्वारा पुर्वान्चल बिश्वबिद्धालयका उपकुलपति समक्ष विभिन्न माग प्रस्तुत

५ मंसिर २०८१, बुधवार

Advertisement

 


बिराटनगर  । पुर्वान्चल विश्वविधालयमा कार्यरत चिकित्सकहरु को स्थायित्व र सेवा सुविधाका सम्बन्धमा विश्वविद्यालयका उपकुलपति प्रा. डा विजु कुमार थपलिया, रजिस्ट्रार निलमणी पोखरेल र अस्पताल निर्देशक डा शशी शर्मासंग मंगलवार गाेठगाँउ स्थित उपकुलपतिको कार्यालयमा नेपाल चिकित्सक संघ कोशीले  छलफल गरेकाे छ । 

पुर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेकाे पु.वि. शिक्षण अस्पतालमा लामाे समय देखि दैनिक ज्यालादारीमा कार्यरत मेडिकल अधिकृतहरुले बर्षाै देखि दैनिक ज्यालादारीमा सेवा दिई रहेकाे र यसले गर्दा राेजगार सुरक्षित नभएकाे तथा अन्य सुविधा तथा अवसरहरुबाट बञ्चित हुनुपरेकाले मारमा परेकाे उल्लेख गर्दै नेपाल चिकित्सक संघ काेशीलाई पहलका लागि अनुराेध गरेेका थिए ।  

अस्पतालले नियमित सेवा दिई रहेको र अस्पतालले दिईने सेवा भनेकाे चिकित्सिय सेवा नै हाे । त्यसैले अस्पतालमा नियमित चिकित्सक चाहिन्छ । याे हुदाहुदै पनि पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना फिजिसियन (हाल अस्पताल निर्देशक) र १ जना हाडजोर्नी विशेषज्ञ गरि २ जना मात्र स्थायी चिकित्सक रहेकाे र अन्य बिशेषज्ञ चिकित्सकहरु तथा मेडिकल अधिकृतहरु दैनिक ज्यालादारीमा कार्यरत रहेका छन् । चिकित्सकहरुलाई स्थायी रुपमा दरबन्दी कायम गरि पदपूर्ति गर्नुपर्ने माग सहित छलफलका लागि  चिकित्सक संघले पुर्वाञ्चल विश्वविद्यालयकाे उपकुलपतिसंग समय मागेर छलफल गरेका थिए । छलफलमा संघका काेशी प्रदेश संयाेजक डा. विपेश आचार्य, काेशी शाखाका अध्यक्ष डा. राजेन्द्र चाैधरी, महासचिव डा. बालकृष्ण साह, सह काेषाध्यक्ष डा. तेजेन्द्र कार्की, सदस्यहरु अमर यादव र राजाबाबु मण्डल रहेका थिए ।

"छलफल सकारात्मक रहयाे"  संघका अध्यक्ष डा. चाैधरीले बताए । छलफलक क्रममा मेडिकल खाेज, अनुसन्धानहरुमा पनि पुर्वाञ्चल विश्वविद्यालय संघसंग मिलेर काम गर्ने प्रतिबद्धता समेत उपकुलपति डा. थपलियाले  राखेकाे महासचिव डा. साहले बताए । 

View : 229

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved