तस्बिर : सङ्गम बिष्ट
वराहक्षेत्र धाम । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यसवर्ष आज मङ्गलवार एकादशीको दिनबाट सुरु भई ३० गते शुक्रवार पूर्णिमाको दिनसम्म ४ दिन सम्म चल्ने छ ।
भारतका बिभिन्न क्षेत्र कुरुक्षेत्र तथा नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भारत लगायतका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् ।
यस वर्ष मेला भर्न भारत लगायतका देशहरूबाट चारदेखि पाँच लाख तिर्थालु आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।
View : 119
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved