काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।
मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो । 
आज न्यादि हाइड्रो पवार, बुटवल पावर कम्पनी र एक्सेल डेभलप्मेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ ।  त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य भने ६.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको 
View : 62
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved