मानगढ खानेपानी निर्वाचन
विराटनगर – मानगढ खानेपानी आयोजना अन्तर्गतको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन गर्न शनिबार सम्पन्न निर्वाचनमा लालमणि भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्।
भट्टराईले १,८८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामबहादुर घिमिरे (१,१५४ मत) र दुर्गा चापागाईँ (६३५ मत) लाई पछि पारेका हुन्।
नयाँ कार्यसमितिमा महिला उपाध्यक्षमा सावित्रा पोखरेल, खुला उपाध्यक्षमा भोलानाथ घिमिरे, सचिवमा प्रदीपकुमार नेपाल र कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भएका छन्।
५,९८८ उपभोक्तामध्ये ३,९६४ जनाले मतदान गरेका थिए।
पछिल्लो समय विभिन्न कारणले चर्चा आएको मानगढ खानेपानी आयोजना अब नयाँ नेतृत्वसहित अघि बढ्ने अपेक्षा गरिएको छ। निर्वाचित अध्यक्ष भट्टराईले उपभोक्ताको विश्वास र आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
View : 126
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved