Biratnagar, Morang, Nepal
स्वास्थ

विश्व रक्तदाता दिवस मनाइँदै

-
अखवारका कुरा
३१ जेठ २०८३, आइतवार

Advertisement

काठमाडौं । आज (आइतबार) विश्व रक्तदाता दिवस मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गनिरन्छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम यो दिवस मनाउने गरिन्छ । 

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । 

यही अवसरमा देशभरका विभिन्न संघसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गर्ने गर्दछन् । 

यस दिवसका अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved