Biratnagar, Morang, Nepal
देश

छैठ पर्व

नेपालमा पहिलो पटक नेपाली भाषामा छैठ पर्वको गीत सार्वजनिक

-
अखवारका कुरा
८ कार्तिक २०८२, शनिवार

Advertisement


८ कात्तिक २०८२, विराटनगर
नेपालमा पहिलोपटक छैठ पर्वको गीत नेपाली भाषामा निर्माण गरिएको छ । धार्मिक तथा सांस्कृतिक विविधताको प्रतीकका रूपमा यस गीतले नेपाली भाषामा छैठ पर्वको आस्था र भावना अभिव्यक्त गरेको छ ।
विराटनगरका पत्रकार नवीन कर्णको शब्दरचना रहेको यस गीतमा ज्योति विश्वकर्मा र सानुमाया यादवको सुमधुर स्वर रहेको छ भने शैलेन्द्र विश्वकर्माले संगीत र संयोजन गरेका छन्। सिरहाको गोलबजारस्थित जे.डी. प्रोडक्सन स्टुडियोमा कात्तिक ४ गते रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ तथा मास्टरिङ धर्मेन्द्र शर्माले गरेका हुन् । अडियो ट्रयाकको निर्माण भने एस.एल. मैथिलले गरेका छन्।
गीतकार कर्णका अनुसार, छैठ पर्वको सर्वस्वीकार्यता र यसको सांस्कृतिक विस्तारले गर्दा पहिलोपटक नेपाली भाषामा छैठ गीत निर्माण गर्ने प्रेरणा प्राप्त भएको बताउनुभयो ।  उहाँले भन्नुभयो — “अहिलेसम्म मैथिली, भोजपुरी र हिन्दी भाषामा मात्रै छैठ गीतहरू उपलब्ध थिए । नेपाली भाषामा यो गीत पहिलो प्रयास हो, जसले नेपाली भाषाभाषी समुदायमा पनि छैठ पर्वको श्रद्धा र परम्परा जोड्नेछ ।”
‘अंजुली भरि जल लिई आयौं हे माता’ बोलको यो गीत श्रद्धा, भक्ति र आस्थाको समिश्रण हो। यसमा भक्तजनहरूले सूर्यदेव र छठी माताप्रतिको समर्पणलाई आत्मीय ढंगले प्रस्तुत गरिएको छ । गीतलाई ‘मैथिली अनलाइन’ यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जसले छैठ पर्वको सन्देशलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ ।

 

View : 158

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved