Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लियोको सामाजिक सेवा

‘आशाको आवाज: माया र कथासँग जन्मदिनको उत्सव’ कार्यक्रम सम्पन्न

“मिठास बाँड्दै, मुस्कान साट्दै” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बालबालिकासँग समय बिताउने, उनीहरूको जीवन कथा सुनिने र मिठाइ वितरण जस्ता गतिविधि गरिएको थियो।
-
अखवारका कुरा
३१ वैशाख २०८२, बुधवार

Advertisement

इटहरी — लियो क्लब अफ इटहरी सिटीले आफ्ना सदस्य लियो अरुण कटुवालको जन्मदिनको अवसरमा ‘आशाको आवाज: माया र कथासँग जन्मदिनको उत्सव’ शीर्षकमा एक विशेष सामाजिक कार्यक्रम इटहरी स्थित भ्वाइस अफ चिल्ड्रेनमा सम्पन्न गरेको छ। “मिठास बाँड्दै, मुस्कान साट्दै” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बालबालिकासँग समय बिताउने, उनीहरूको जीवन कथा सुनिने र मिठाइ वितरण जस्ता गतिविधि गरिएको थियो।

कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष लियो अमर दिप पौडेलले गर्नुभएको थियो। अतिथिका रूपमा लियो क्लब अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष लियो जेनिस ढकाल रहनुभएको थियो। अन्य विशिष्ट अतिथिहरूमा भ्वाइस अफ चिल्ड्रेनका संयोजक भरत थापा, प्रोजेक्ट अफिसर लिला भुजेल, ज्येष्ठ नागरिक रवि लाल पौडेल, पाहुना क्याफेका सञ्चालक बिमला कटुवाल र लियो क्लब अफ सोसियल अप्टिमाइजरका अध्यक्ष लियो प्रभास पोखरेल रहनुभएको थियो।

कार्यक्रममा लियो सदस्यहरू लियो आयुष ढुंगेल, आर्यन कटुवाल, सुष्मा बस्नेत, निसा पौडेल, सागर श्रेष्ठ, गगन चम्लागाईं, कृष पौडेल, सन्देश खड्का, दिपज्योती पौडेल, अभिषेक काफ्ले तथा भ्वाइस अफ चिल्ड्रेनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रायोजन पाहुना क्याफेले गरेको थियो।

कार्यक्रममा बोल्दै लियो जेनिस ढकालले युवाहरूको सामाजिक उत्तरदायित्व प्रति प्रतिबद्धता र सकारात्मक सोचको खुलेर प्रशंसा गर्नुभयो। क्लब अध्यक्ष अमर दिप पौडेलले “हामी केक काट्ने परम्पराको विपक्षमा छौं” भन्ने धारणा व्यक्त गर्दै, जन्मदिनलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यमका रूपमा उपयोग गर्नुपर्ने कुरा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव लियो चुडामणि पौडेलले गरेका थिए। क्लबले यस्ता कार्यक्रम मार्फत युवामा सेवाभाव जागृत हुने र समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ।

View : 249

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved